List of Notice

2020-07-08

अन्तिम अबस्थामा जग्गा, जमिन, नगद फिर्ता लागिसकेका तर निक्षेप संग सम्बन्धित कागजात फिर्ता नगरेका बचतकर्ताहरुले फारम नभारिदिनु होला


2020-07-08

रू १० लाख भन्दा माथी बचत भएका बचतकर्ताले अनिवार्य रूपमा आम्दानीको श्रोत खुलाउनु पर्नेछ । आम्दानीको श्रोत खुलउदा बचत गरेको समयको हुनु पर्नेछ । श्रोत नखुलेको बचतको हकमा संस्था जवाफदेही हुनेछैन । संस्थाले आम्दानी श्रोतको सक्कल कागजात कुनै पनि अवस्थामा मग्न सक्ने छ ।


प्रथम पटक जारी मिति २०७७/४/१६ गते

ओरेण्टल को-अपरेटिभ लिमिटेडको निक्षेप फरफारक सम्वन्धी सुचना प्रथम पटक जारी मिति २०७७/४/१६ गते सहकारी ऐन २०४८ अन्तर्गत दर्ता भई संचालन भएको ओरेण्टल सहकारी संस्थामा जम्मा गरेको निक्षेप फरफारक हुन वाँकी रहेका निक्षेपकर्ताहरुलाई सहकारीको नाममा रहेको अचल सम्पति तथा लगानी कर्जामा रोक्का राखिएका घरजग्गा चल अचल सम्पतिलाई कानूनी प्रकृया पुरा गरि सहकारीको सम्पतिमा साभार गरि, साथै भक्तपुर गुण्डु लगायत देशको विभिन्न भागमा सहकारीको सम्पतिको रुपमा रहेको जग्गाहरु समेतलाई विगतमा पिडितहरुको आधिकारिक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेल समेतसँग भएको मिति २०७५/३/२६ को त्रिपक्षिय संझौता र मिति ०७६/१/३१ गतेको द्धिपक्षीय सहमति संझौता समेतको आधारमा जग्गा परिचालन, वितरण गरि निक्षेप रकम फरफारक गरिने हुँदा कोविद-१९ को महामारीको कारण स्थान विषेशवाट एकिन विवरण संकलनको लागी असमर्थ भएकाले मिति २०७७/४/२९ गतेवाट ६० दिन भित्र आफ्नो निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नम्वर,बचत रकम, सम्पर्क नम्बर, निक्षेपको विषयलाई लिएर मुद्दा गरे नगरेको व्यहोरा समेत उल्लेख गरि ओरेयण्टल को-अपरेटिभ सहकारी संस्था लिमिटेडको www.orientalcooperative.com रहेको फर्म भरि समावेश गरि दिनु हुन, सरोकारवाला सबैमा सुचित गरिनेछ । यसका अतिरिक्त विगतमा समस्या आएपश्चात हुलहुज्जत नारा जुलुस भई मुद्दा मामिलामा समेत अल्झिनु परेकाले सहकारीको सम्पति हिनामिना मेरो सम्पति लिलाम समेत भई सहकारीको निक्षेप फरफारकमा विल्व हुन गएको कुरा सर्वविधितै छ । यदि यस्तो अवस्था नभएको हुन्थ्यो भने तात्कालिन अवस्थामा नै सहजरुपमा समस्या समाधन भई सक्ने थियो । हालैका दिनहरुमा पनि समस्या समाधान हुन नदिने नियतले विभिन्न व्यक्तिहरुका तर्फवाट व्यक्तिगत स्वार्थको लागी सम्वन्धित असम्वन्धित मानिसहरू जम्मा गरि हुलहुज्जत नारा जुलुस गर्ने, नाजायज आश्वासन दिने भड्काउने समस्या समाधान तर्फ नलागी अवाञ्छित कृयाकलाप हुने गरेकोले सो कार्य अविलम्ब बन्द गर्नु होला, अन्यथा सहकारीको तर्फवाट काम कार्वाहीमा असुरक्षित, असहजता भई निक्षेप फरफारकको कार्यलाई तिब्रता दिन नसकिने अवस्था श्रृजना हुन गएको खण्डमा निक्षेप फरफारकको जिम्मेवारी सो कार्यमा संलग्नहरुले नै लिनु पर्ने व्यहोरा जानकारी गराईन्छ । यो सुचना वमोजिम माग भएको विवरण दावी पेश नभएको खण्डमा निक्षेप फरफारक भएको मानिने छ । जग्गा वितरण तथा समस्या समाधानको खाका सहितको अन्य विषयमा पुनः सुचना जारी गरिने छ । सुधिर बस्नेत ओरेयण्टल को-अपरेटिभ लिमिटेड


निक्षेप नराखी बचत कार्ड बनाईएका बचतकर्ताहरुले पनि विवरण फारम नभारिदिनु होला